Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भारतविरुद्धको खेलमा बाउन्ड्रि प्रहारबाट खेलाडीले २२ लाख रुपैयाँ पाउने, कसको भागमा कति ?

भारतविरुद्धको खेलमा बाउन्ड्रि प्रहारबाट खेलाडीले २२ लाख रुपैयाँ पाउने, कसको भागमा कति ?

रोशनबहादुर सिंह

१९, भाद्र २०८०
images
भारतविरुद्धको खेलमा बाउन्ड्रि प्रहारबाट खेलाडीले २२ लाख रुपैयाँ पाउने, कसको भागमा कति ?

रोशनबहादुर सिंह/अमेरिका

पहिलो पटक एसिया कप खेलेको नेपाली क्रिकेट टिमले खेलमा जित निकाल्न नसकेपनि धेरैको मन भने जितेको छ । पाकिस्तान र भारतसँग देशसँग पहिलो पटक खेलेको नेपाली क्रिकेट टिमले दुबै खेलमा भारी अन्तरले हारेपनि धेरै क्रिकेट समर्थकका हौसला भने पाएको छ । छिमेकी देश भारतसँगको खेल अगाडी खेलाडीको हौसला बढाउन भनेर विभिन्न कम्पनी र ब्यक्तिहरुले पुरस्कारको घोषणा गरेका थिए । जसमा मुख्य गरि अर्ना बियर, सिटिजन्स बैंक मुख्य रहेका थिए भने चलचित्र डाइरेक्टर चन्द्र पन्तले पनि ब्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा गरेका थिए । सबैले कुनै कार्यक्रम नभई फेसबुकको माध्यमबाट पुरस्कार घोषणा गरेर चर्चा बटुलेका थिए ।

जसमा भारतविरुद्धको खेलमा नेपाली खेलाडीले कुल १८ चौका र चार छक्का प्रहार गरेको थियो । त्यो अनुसार अर्ना बियर आठ लाख ५० हजार रुपैयाँ खेलाडीलाई दिनुपर्ने भएको छ भने सिटिजन्स बैंकले खेलाडीलाई ११ लाख ५० हजार दिनुपर्ने भएको छ ।

sompal.jpg

यस्तै चलचित्र डाइरेक्टर चन्द्र पन्तले दुई लाख रुपैयाँ दिनुपर्ने भएको छ । भारतविरुद्धको खेलमा तीन चौका र दुई छक्का प्रहार गरेका कुशल भुर्तेलले अर्ना बियरबाट दुई लाख ७५ हजार र सिटिजन्स बैंकबाट तीन लाख ५० हजार रुपैयाँ पाउने भएका छन । यस्तै चन्द्र पन्तबाट एक लाख गरेर कुल सात लाख २५ हजार पाउने भएका छन । यस्तै दोस्रो स्थानमा भारतविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका आरिफ शेखले कुल आठ चौका प्रहार गरेका थिए । जसका आधारमा अर्ना बियरबाट दुई लाख र सिटिजन्स बैंकबाट चार लाख गरेर कुल ६ लाख रुपैयाँ पाउनेछन ।

372664988_224840683554822_5150682713883383600_n.jpg

बाउन्ड्री प्रहार गरेर पुरस्कार पाउने तेस्रो सूचीमा सोमपाल कामी छन । उनले एक चौका र दुई छक्का प्रहार गरेका थिए । जसका आधारमा अर्नाबाट दुई लाख २५ हजार र सिटिजन्सबाट दुई लाख ५० हजार तथा चन्द्र पन्तबाट एक लाख गरेर र कुल पाँच लाख ७५ हजार रुपैयाँ पाउनेछन ।

यस्तै दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान तीन तीन चौका प्रहार गरेका थिए । जसका कारण दुबैले अर्नाबाट ७५ हजार र सिटिजन्सबाट एक लाख ५० हजार गरेर कुल दुई लाख २५ हजार रुपैयाँ पाउने भएका छन ।

चर्चासँगै खेलाडीको हौसला बढाउन गरिएका यस्ता पुरस्कार रकम खेलाडीले समयमा नै पाउलान भन्ने आशा गरिएको छ । एसिया कपमा नेपालले गरेको प्रदर्शनले भारतीय धेरै पूर्व खेलाडीबाट तारिफ पाएका छन । यसले फेरी एक पटक विश्वको नजरमा परेका छन ।

 

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०३:१३:४३ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend