Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भलिबल खेलाडीको मासिक तलवकालागि अमेरिकाबाट सहयोग

भलिबल खेलाडीको मासिक तलवकालागि अमेरिकाबाट सहयोग

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८०
images
भलिबल खेलाडीको मासिक तलवकालागि अमेरिकाबाट सहयोग

नेपाल भलिबल संघले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई मासिक रूपमा पारिश्रमिक दिने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टोलीमा रहेका १२ महिला तथा १२ पुरुष खेलाडीलाई मासिक ५ हजार पारिश्रमिक दिने घोषणा गरेको हो । खेलाडीलाई सेप्टेम्बर, अक्टोबर र नोभेम्बर गरेर ३ महिनाको पारिश्रमीक दिइएको छ । नेपाली भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमीक पाएका हुन् । 

अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमीकको व्यवस्था गरिएको बताईएको छ ।

नेपाली भलिबल टीम हाल चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा छ । खेलाडीलाई मासिक तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । यसैगरी बुद्धीचालका पुरुष तथा महिलामा शीर्ष वरियताका खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १६:५४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend