Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपकको निरन्तरता

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपकको निरन्तरता

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८०
images
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपकको निरन्तरता

दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ।

उपाध्यक्षमा आयशा शाक्या (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहेका छन् । पदाधिकारीमा दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए । अघिल्लो कार्यसमितिमा दीपक सदस्य थिए ।

 

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जि डंगोल सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीले खादा लगाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । १ उपाध्यक्ष र ३ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - २१:२१:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend