बेलायतको दोस्रो ठुलो शहर बरमिङघमले बैंकक्रप्ट भएको घोषणा गरेको छ । ब्रमिङघम सिटी काउन्सिलले दिदैं आएका सेवाहरु बन्द गरेको छ । सो काउन्सिलले एक मिलियन भन्दा बढिलाई सेवा दिँदै आएको थियो । तर अब उसले अत्यावश्यक बाहेकका अरु सेवाहरु बन्द गरेको छ ।
मंगलबार काउन्सिलले एक सय १४ वटा नोटिस पठाएर सेवाहरु बन्द गरेको जनाएको छ । इक्वेल पे का कारण ९५६ मिलियन डलर रकम तिर्न बाँकी भएको छ । यो शहरको अहिलेको अवस्थाको सुरुवात जब उसले आठ सय १६ मिलियन डलर तिर्न कठिन भएको थियो । त्यसपछि उनीहरुमाथि आर्थिक सकस बढेको थियो । तर अहिले पैशा दिनका लागि रकम नभएपछि बैंकक्रप्टको घोषणा गरेको हो ।
यो शहरका लिडर सारोन थमसनले अहिलेको अवस्था आउनुको पछाडी बेलायतको रुलिङ कन्जरभेटिम पार्टी रहेको आरोप लगाएका छन । उनले सिटीलाई आउने एक बिलियन पाउन्ड कन्जरभेटिभ सरकारले रोकेको आरोप लगाए ।
काउन्सिसँग खर्च गर्नका लागि रकम नभएपनि केन्द्रिय सरकारसँग आग्रह गरेको थियो । तर प्रधानमन्त्रीका प्रवक्ताले काउन्सिलको बजेटको ब्यवस्थापनको जिम्मा स्थानीय लिडरलाई नै रहेको बताए ।
ब्रमिङघम बेलायतको सबै भन्दा ठूलो मल्टिकल्चरल शहर रहेको छ । गत बर्ष यो शहरमा कमनवेल्थ गेम्सपनि भएको थियो । यहि शहरमा २०२६ मा यूरोपियन एथ्लेटिक्स च्याम्पियनसिप हुने तालिका पनि छ ।