Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आइफोन १५ सिरिज सेप्टेम्बर १२ मा सार्वजनिक गरिने

आइफोन १५ सिरिज सेप्टेम्बर १२ मा सार्वजनिक गरिने

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८०
images
आइफोन १५ सिरिज सेप्टेम्बर १२ मा सार्वजनिक गरिने

एपल कम्पनीले आफ्नो नयाँ उत्पादन आइफोन १५ यहि सेप्टेम्बर १२ तारिखमा सार्वजनिक गर्ने भएको छ । गत बर्ष सार्वजनिक गरेको आइफोन १४ भन्दा नयाँ उत्पादन अझ अपग्रेडेड हुने बताइएको छ ।

क्यालिफोर्नियामा रहेको एपलको मुख्यालयमा कार्यक्रमको आयोजना गरेर नयाँ उत्पादन सार्वजनिक गरिने भएको छ । जसमा धेरै पिचरहरु थप गरिएको बताइएको छ । आइफोनका यसअघिका फोनहरु दुई मोडलमा आउने गरेकोमा १५ को सिरिज भने चार मोडलमा आउने बताइएको छ । जसमा आइफोन १५, १५ प्रो, १५ प्रो म्याक्स र अल्ट्रा हुने बताइएको छ ।

यसका साथै आइफोन १५ मा मेमोरीपनि बढि हुनेछ । जसमा ६ जीबी र ८ जीबीको रहनेछ । यसको मूल्य कति पर्ला भनेर सबैको चासो भएपनि अहिलेसम्म यो कुरा बाहिर आएको छैन । तर आइफोन १४ प्रो म्याक्स भन्दा नयाँ फोन दुई सय डलर महंगो हुने बतायएको छ । यस्तै आइफोन १५ अल्ट्राको मूल्यको सुरुवाती मूल्य १२ सय देखि १३ सय हुने अनुमान गरिएको छ ।

यो फोनमा अनिवार्य सी युएसबी केबल हुनेछ । युरोपियन युनियनले बनाएको नियम अनुसार आइफोनले अनिवार्य रुपमा सी टाइप युएसबी केबल राख्नुपर्ने भएको छ । हरेक बर्ष नयाँ सिरिजको आइफोन सार्वजनिक गर्ने गरेको एप्पलले एयरबडका साथै स्मार्ट वाचपनि नयाँ सार्वजनिक गर्ने छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - ०५:२०:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend