Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह

पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८०
images
पूर्वाधारमा लगानी गर्न कप्तान पौडेलको आग्रह

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले, क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानीका लागि ढिला गर्न नहुने बताएका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले पर्याप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।

 ‘अब चाहिँ हाई टाइम भई सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इनभेस्ट (लगानी) गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरूमा सङ्घर्ष गरिरहेका हुन्थ्यौँ हामी ।’ उनले भने ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि । प्रत्येक प्रदेशमा ग्राउन्ड खास गरी पिचहरू भयो भने तयारी गर्न सकिन्छ।’

यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसँग नेपालको खेलबाट आफू धेरै खुसी भएको बताए । 

विश्वका उत्कृष्ट बलरहरूलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए। 

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १९:१९:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend