Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

नेप्लिज डायस्पोरा

२१, भाद्र २०८०
images
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौं, २१ भदौ । नेकपा एमालेका सांसद रघुजी पन्तले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाकबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १६:३८:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend