Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपाल फेरीपनि थाइल्याण्डसॅंग पराजित

नेपाल फेरीपनि थाइल्याण्डसॅंग पराजित

रोशनबहादुर सिंह

२२, भाद्र २०८०
images
नेपाल फेरीपनि थाइल्याण्डसॅंग पराजित

आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भयो । 

 

समूह चरणका उप विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले थाइल्याण्डको चुनौतीलाई भने पार गर्न असफल भयो । थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य नेपालले पूरा गर्न असफल हुँदा फाइनलमा स्थान बनाउन सकेन भने अर्को बर्ष हुने ग्लोबल छनोटबाट पनि बाहिरिएको छ । नेपालले १९.३ ओभरमा ५९ रनमात्रै बनाउन सक्इो । 

नेपालको सुरुआत एकदमै खराब रह्यो । खाता नखोल्दै नेपालले काजल श्रेष्ठलको विकेट गुमाएको थियो । उनले ३ बल फेस गरेकी थिइन् । त्यसपछि क्रिजमा आएकी इन्दू वर्मा पनि व्यक्तिगत ३ रन बनाएर आउट हुँदा नेपालले दोस्रो विकेट खेर फालेको थियो । कप्तान रुविना क्षेत्रीले २ बल फेस गरे पनि उनी खाता खोल्न असफल भइन् । उनी आउट हुँदा नेपालले ३ रनमा ३ विकेट गुमाएको थियो । टिमको स्कोर ८ रन हुँदा नेपालले चौथो विकेट गुमाउन पुग्यो ।

सिता रानामगर १० बल फेस गर्दा एक चौकाको मद्दतले ४ रन जोडेर पभेलियन फर्किइन् । पाँचौं विकेटको रुपमा नेपलले ११.५ ओभरमा ३० रन बनाएका बेला गुमाउन पुग्यो । नेपालकी कविता जोशी २८ बलमा १ चौकाको मद्दतले १० रन जोडेर फर्किइन् । लगत्तै विन्दू रावल खाता नै नखोली आउट भइन् । उनी आउट हुँदा नेपालले ३१ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । १३.५ ओभरमा ३३ रन हुँदा नेपालले सातौं विकेटको रुपमा अप्सरी बेगमलाई गुमायो ।

अप्सरीले पनि १० रन बनाउँदा २७ बल फेस गरिन् । आठौं विकेटको रुपमा टिमको स्कोर ४७ रन हुँदा नेपालले १७.२ ओभरमा पुजा महतोको विकेट गुमायो । पुजाले ११ बल फेस गर्दा ४ रन जोडिन् । नवौं विकेटको रुपमा अस्मिना कर्माचार्य व्यक्तिगत ३ रन बनाएर आउट हुँदा नेपालले १८.२ ओभरमा ५० रन बनाएको थियो । अन्तिम विकेटको रुपमा नेपालले खुसी डंगोललाई १९.३ ओभरमा ५९ रन बनाएका बेला गुमायो । खुसी १ रनमा आउट हुँदा कविता कुवँर १७ रनमा नटआउट रहिन् । उनले २० बल फेस गर्दा २ चौका प्रहार गरेकी थिइन् ।

थाइल्याण्डकी ओनिता कामचोम्फु र दिपत्सा बुत्थोङले ३–३ विकेट लिँदा नाट्य बुचथम २ विकेट लिए । यसैगरी फनिता माया, सुनिदा चतुरंगरतनाले एक एक विकेट लए ।

 टस रोजेर बलिङ रोजेको थियो । आजको खेलमा नेपालको बलिङ भने चल्न सकेन । पहिलो ओभरको चौथो बलमा विकेट लिँदै थाइल्याण्डलाई ठुलो झड्का दिए पनि त्यसपछि थाइल्याण्ड नै नेपालविरुद्ध हावी भयो । सुवानन खियाओटोलाई नेपालकी कविता कुँवरले आउट गरेकी थिइन् । दोस्रो विकेटको रुपमा नेपालले १६.३ ओभरमा थाइल्याण्डले ७० रन बनाएका बेला सफलता हात पारेको थियो । नाथकन चन्थम व्यक्तिगत ३१ रन बनाइन् ।

उनलाई पूजा महतोले आउट गरेकी हुन् ।  थाइल्याण्डकी नन्पथ खोचरेन्केइले नटआउट ५९ रनको उत्कृष्ट पारि खेलिन् । उनलाई अन्तिमसम्म चनिदा सुथिरुङले नटआउट ११ रन बनाएर साथ दिइन् । नेपालकी कविता कुँवर र पुजा महतोले एक एक विकेट लिए । 

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १५:५१:३३ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend