Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ट्रम्प र धोनीले सॅंगै गल्फ खेल्दा

ट्रम्प र धोनीले सॅंगै गल्फ खेल्दा

नेप्लिज डायस्पोरा

२२, भाद्र २०८०
images
ट्रम्प र धोनीले सॅंगै गल्फ खेल्दा

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग गल्फ खेल्दै गरेको तस्बिर सार्वजनिक भएको छ।

युएस ओपन च्याम्पियनसिप खेल हेर्न धोनी अमेरिका पुगेका थिए। द इन्डियन एक्सप्रेसका अनुसार त्यसपछि धोनीलाई ट्रम्पले उनको गल्फकोर्ट ‘ट्रम्प नेसनल गल्फ कोर्ट, बेडमिनिस्टर’ मा गल्फ खेल्न बोलाएका थिए। कोर्टमा धोनीको स्वागत गरेका ट्रम्प आफैंले धोनीसँग गल्फ खेल्ने कार्यक्रम राखेका थिए। 

बिहीबार धोनीले ट्रम्पसँग गल्फ खेलेको तस्बिर हितेश संघभीले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन्। संघभीले गल्फको आयोजना गरेकोमा ट्रम्पलाई  इन्स्टाग्राममार्फत धन्यवाद दिएका छन्।

उनले बेडमिन्स्टरमा ट्रम्प र धोनी गल्फ खेलेको दृश्यसमेत आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेका छन्

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १६:१६:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend