चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दुई दिनमा ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो ।
चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।
चीन एप्पलको तेस्रो ठुलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।
१२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । २८ खर्ब डलर (२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो ।