एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेप्टेम्बर १० मा भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ ।
आइतबारको खेल वर्षाले रोकिएमा खेल रिजर्भ डेमा सम्पन्न हुनेछ । यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले शुक्रबार दुई टोलीबीच हुने खेलका लागि यो नियम थप गरेको हो ।
जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुँदैछ । दुई टोलीबीच समूह चरणको सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण रद्द भएको थियो । अचम्मको कुरा के छ भने भारत–पाकिस्तान खेल सुपर–४ को एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर-४ खेलका लागि उपलब्ध हुने छैन। यसबाहेक १७ सेप्टेम्बरमा हुने फाइनलका लागि रिजर्भ डे छ ।
भारत र पाकिस्तानबीचको यो खेल श्रीलंकाको राजधानी कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने भएको छ । कोलम्बोमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
यसबाट म्याचको आयोजना फिर्ता लिने कुरा समेत भएको थियो । खेल हम्बनटोटा वा डम्बुलामा सारिने विश्वास थियो तर त्यसो भएन। अब एसिया कपका बाँकी सबै खेल त्यहाँ खेलिनेछन् ।