मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म १०३७ जनाको मृत्यु भएको छ । करिव ६५० जना घाइते भएका छन् ।
शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उल्लेख छ ।
अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा निकै कठिनाइ भएको छ ।