अमेरिकाको टेक्सासको डालासमा बस्दै आएका एक नेपालीको निधन भएको छ । सन् २०१६ मा डिभी परेर सपनाको देश अमेरिका आएका आशिष भट्टको असामयिक निधन भएको छ ।
डालासको अर्भिङमा बस्दै आएका २७ बर्षे आशिष आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन । उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । स्थानीय पुलिसले उनको शव उनी बस्नै अपार्टमेन्टमा मृत फेला पारेको हो । पुलिसले उनको शवलाई पोष्टमार्टमका लागि लगेको छ ।
सात बर्ष अगाडी अमेरिका आएका आशिष अर्को महिना आफ्नो परिवारलाई भेट्नका लागि नेपाल जाने तयारीमा थिए । यूएस नेपाल पोष्टका अनुसार नेपालमा रहेका उनका बुबा र आमाको पनि श्वास्थ्य अवस्था ठिक नभएको उल्लेख गरेको छ । परिवारका एक्ला छोरा समेत रहेका आशिषले परिवारको सबै ध्यान राख्ने गरेका थिए ।
काठमाडौको धर्मस्थली घर भएका आशिषका बुबा मुटुको बिरामी छन । उनको उपचारको सबै जिम्मापनि आशिषको काँधमा थियो । अल्पआयुमै बिदा भएका आशिषको शवलाई नेपाल पठाउनका लागि अहिले सहयोगको अपिल गरिएको छ । आशिषका आफन्त सुजन भट्टले यसका लागि 'गो फन्ट' बाट सबैसँग सहयोगका लागि अपिल गरेका छन । जसमा उनले लेखेका छन-आशिषका आमाबुबाले छोराको दाहसंस्कार अगाडी अन्तिम पटक मुख हेर्ने इच्छा पुरा गर्न भनेकाले आशिषको शवलाई नेपाल पठाउन लागेको तर यो प्रक्रिया निकै कठिन र खर्चिलो रहेकाले सहयोगका लागि सबैलाई अपिल गरेका छन ।
यो अभियानमा नेपाली समाज टेक्सासले सहयोग तथा ब्यवस्थापन गरेको छ । जसका लागि २५ हजार डलर रकम उठाउने योजना बनाएको छ ।
तपाईहरुपनि यो सहयोगमा जुट्न मन छ भने यो लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ ।