Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

रोशनबहादुर सिंह

२४, भाद्र २०८०
images
नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो सिजनको सिजनको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् । खेल तालिका अनुसार दोस्रो संस्करण नोभेम्बर २४ (मङ्सिर ८) देखि जनवरी ६ (पौष २१) सम्म आयोजना हुनेछ ।

पहिलो संस्करणमा ७ टोली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिएपनि विराटनगर सिटी एफसी नखेल्ने आयोजकले जानकारी दिएको छ । विराटनगर नखेल्ने भएपछि पहिलो संस्करणका छ सहित तीन नयाँ टोली गरी कुल ९ टिमले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएलले दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन हुने भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।

पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिना दर्शकको उपस्थिति आयोजना भएको थियो । आयोजक एनएसइएमले यसपटक केहि खेल उपत्यका बाहिर गर्ने भनेपनि आर्थिक अवस्थाका कारण सम्पूर्ण खेल दशरथ रंगशालामै हुने भएको छ ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १९:४९:१५ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend