Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चुम्बन विवादमा परेका स्पेनीस फुटबलका अध्यक्ष लुईसद्वारा राजिनामा

चुम्बन विवादमा परेका स्पेनीस फुटबलका अध्यक्ष लुईसद्वारा राजिनामा

नेप्लिज डायस्पोरा

२५, भाद्र २०८०
images
चुम्बन विवादमा परेका स्पेनीस फुटबलका अध्यक्ष लुईसद्वारा राजिनामा

बिश्वकप विजेता टीमकी खेलाडीलाई ओठमा चुम्बन गरेको विवादमा परेका स्पेनीस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले चौतर्फी दबाबपछि अन्तत राजिनामा दिएका छन ।

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भएको विश्वकपको उपाधि जितेपछि पुरस्कार बितरण समारोहका बेला खेलाडी जेनिफर हेरमोसोलाई चुम्बन गरेका लुइसले केहि साता देखि आलोचना खेपिरहेका थिए । उनको राजिनामाका लागि स्पेनका मन्त्रीहरुले नै संसदमा बोलेका थिए । यस्तै यो घटनापनि फिफाले पनि उनलाई प्रतिबन्ध लगाएको थियो ।

लुइसले स्पेनीस फुटबल संघका कार्यबाहक अध्यक्षलाई जानकारी दिँदै राजिनामा दिएका छन । साथै उनले युरोपियन फुटबल महासंघका उपाध्यक्ष पदबाट पनि राजिनामा दिएका छन । उनले एक्स पुरानो ट्विटरमा आफ्नो राजिनामाको बारेमा उल्लेख गरेका छन ।

उनले यो घटनापछि आफु मात्र नभएर पुरै परिवारले नै आलोचना खेप्नु परेको बताएका छन । चुम्बनको यो घटनाले विश्व फुटबलमा लुइसको आलोचना भएको थियो भने अब उनको राजिनामाले स्पेनिस फुटबलमा अन्योलता छाएको बताइएको छ ।

उनीविरुद्ध मुद्दापनि दर्ता गरिएको छ । ४६ बर्षे लुइसले यो घटना लगत्तै सार्वजनिक रुपमा माफि माग्दै आफुले जानीजानी नगरेको र दुर्घटनाबस भएको बताएका थिए ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - ०३:३१:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend