Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

क्रिकेटर आसिफ शेखमाथि बलत्कारको आरोप

क्रिकेटर आसिफ शेखमाथि बलत्कारको आरोप

नेप्लिज डायस्पोरा

२५, भाद्र २०८०
images
क्रिकेटर आसिफ शेखमाथि बलत्कारको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ ।

निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।

काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलकाअनुसार अहिलेसम्म युवतीका तर्फबाट प्रहरीमा कुनै पनि निवेदन आएको छैन । यद्यपि सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको उनको भनाइ छ ।

 

प्रहरीले ती युवतीलाई सम्पर्क गरेर प्रहरीमा दर्ता नगरेको निवेदन कसरी सार्वजनिक भयो बुझेको थियो । उहाँ आज निवेदन लिएर प्रहरीकहाँ आउनुहुन्छ होला ।

निवदेन आएको अवस्थामा तत्काल आवश्यक कदम लिने प्रहरीको भनाइ छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पनि शेखलाई लिएर कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - १६:०६:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend