Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपाल पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपाल पराजित

रोशनबहादुर सिंह

२५, भाद्र २०८०
images
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपाल पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । 

सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।  

 
 

बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए । 

नेपालको आक्रमण विफल भएपछि काउन्टरमा म्यानमारले नेपालविरुद्ध गोल गर्न सफल भएको थियो । 

नेपाली खेलाडी तथा अफिसियलले म्यानमारको गोलको प्रतिवाद गरेका थिए । उनीहरुले रेफ्री समय अफसाइडको अपिल गरेका थिए । 

नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको छ । 

दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । नेपाल विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलका लागि म्यानमार गएको हो ।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेललाई नेपालले सन् २०२६ को विश्वकपको छनोट तयारीको रुपमा लिएको छ । 

प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश युवा खेलाडी र केही सिनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमलाई तयार गरेका छन् 

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २०:०८:१४ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend