Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साथी कप क्रिकेटको खर्च सार्वजनिक

साथी कप क्रिकेटको खर्च सार्वजनिक

रोशनबहादुर सिंह

२६, भाद्र २०८०
images
साथी कप क्रिकेटको खर्च सार्वजनिक

अघिल्लो साता आयोजना भएको साथी कप क्रिकेट प्रतियोगिताको आयब्यय खर्च सार्वजनिक गरिएको छ । साथी बाल्टिमोरको आयोजनामा भएको सो प्रतियोगिताबाट आयोजकलाई एक हजार नौं सय ४२ डलर नाफा भएको छ । तर यो नाफा सहयोग गर्छु भनेर बाचा गरेका ब्यक्तिबाट उठेपछिमात्र हुने साथी बाल्टिमोरले जनाएको छ ।

फेसबुक पेजबाट सार्वजनिक गरेको हिसाबकिताबमा प्रतियोगिताका लागि कुल ३० हजार एक सय ४२ रनक संकलन भएको र २८ हजार दुई सय डलर खर्च भएको जनाएको छ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताका लागि दर्ता शुल्क एक हजार डलर राखिएको थियो । जसबाट ११ हजार डलर उठेको थियो । डोनेसनबाट १७ हजार दुई सय ८९ डलर उठेको थियो भने अझै उठ्नबाँकी एक हजार आठ सय ५३ डलर रहेको छ ।

खर्चमा पहिलो पुरस्कारका लागि ५ हजार डलर, दोस्रोका लागि ३ हजार डलर रहेको थियो । यो संस्करणमा आयोजकले नै सबै टिमलाई जर्सी उपलब्ध गराएको थियो । जसका लागि आठ हजार ८ सय ४३ डलर खर्च भएको जनाएको छ ।

यस्तै प्रतियोगिताका बेला खाना खर्च पाँच हजार चार सय ५०, पानी तथा अरु पेय पदार्थमा ८ सय ६२, ट्रफी बनाउन एक हजार ४५, खेल मैदान तथा अम्पायरको खर्च ३ हजार सात सय ५० रहेको छ । यस्तै ग्राफिक डिजाइनरको खर्च दुई सय ५० डलर भएको जनाएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगिताको उपाधि ह्यारिसबर्ग गोर्खाजले जितेको थियो । फाइनलमा उसले बोस्टन अल स्टार्सलाई पराजित गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ०४:१८:०७ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend