अफ्रिकी देश लिबियामा पानीको ड्याम भत्किदा पाँच हजार भन्दा बढि मानिसको ज्यान गएको छ भने १० हजार भन्दा बढि मानिस हराईरहेका छन ।
अन्तराष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार दुई वटा ड्याम भत्किदा पाँच हजार भन्दा बढि मानिसको ज्यान गएको र हराएका मानिसको संख्या झन दोब्बर रहेका छन ।
इन्टरनेश्नल फेडेरेसन अफ रेड क्रसको प्रमुख तामेर रामादानले गरेको रिपोर्ट अनुसार मर्नेको संख्या अझै बढ्नसक्ने बताइएको छ । प्रारम्भिक अनुमान अनुसार ५३ सय मानिसको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ । मर्नेहरुमा कम्तिमा एक सय ४५ जना इजिप्टका नागरिक रहेको बताइएको छ ।
ड्याम भत्किादाको प्रभाव लिबियाको डेर्नाको पश्चिमी भेटमा धेरै परेको बताइएको छ । यो स्थानबाट मात्र ६ हजार मानिस हराईरहेका छन । घाइतेहरुका लागि उपाचार गर्न अस्पतालमापनि ठाँउ नभएको र ज्यान गुमाउनेको शव बाटोमा नै छोड्नु परेको जनाइएको छ ।
निकै खराब मौसम र भारी बर्षाका कारणपनि पानीको बहाब उच्च रहेकाले खोजिकार्यपनि कठिन भएको उल्लेख गरिएको छ । दुईवटा डयम भत्किदा पानीको बेगले सयौंको संख्यामा घरहरु बगाइएको छ भने गाउँनै गायब गरेको छ । पानीसँगै आएको माटोको लेदोर एक गाउँ नै पुरिएको बताइएको छ । पुरै शहरमा टेलिफोन सेवा बन्द छ जसका कारण खबर आदानप्रदान गर्नपनि कठिन भएको छ ।
पानीको बेगले तीन वटा ठूला पुलहरु ध्वस्त पारेको छ भने शहरको स्वरुप समुन्द्र जस्तो भएको बताइएको छ । लिबियामा रहेका सबै विदेशी दुतावासले सहयोगका लागि एकजुट हुने जनाएका छन भने विभिन्न देशबाट सहयोग पठाउन थालिएको छ ।
तस्विरःएजेन्सी