Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ज्ञानेन्द्रले भेटे रवि लामिछानेलाई

ज्ञानेन्द्रले भेटे रवि लामिछानेलाई

नेप्लिज डायस्पोरा

२७, भाद्र २०८०
images
ज्ञानेन्द्रले भेटे रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ ।

आज बुधवार पार्टीको कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच भेटवार्ता भएको हो । भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृत्ति लगायतका विषयमा छलफल भएको थियो । 

भेटवार्तामा पार्टीका महामन्त्री डा. मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिभा रावलको पनि सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १६:५०:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend