दिवंगत एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिदैछ ।
नेम्वाङकका दुबै छोरा नेपाल पुगेपछि आज हिन्दु र किराती परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।
आफ्नै निवासमा मंगलबार बिहान अचानक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा १ः४० बजे पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।