बाल्टिमोरमा रहँदै आएको नेपाली चेलिबेटीहरुलाई बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) ले विगतका बर्षमा झै तिजको अवसरमा दर खुवाउने कार्यक्रम गर्ने भएको छ ।
बाल्टिमोरमा रहेका नेपालीहरुको हकहितका लागि स्थापना भएको यो संस्थाले केहि बर्ष यता नियमित रुपमा तिजको कार्यक्रम गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यो बर्षको तिज अगाडी बाल्टिमोरमा रहेका सम्पुर्ण चेलीबेटीहरुका लागि तिज विशेष कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम आउँदो शनिबारका दिन इष्ट जोप्पा रोडमा रहेको फ्यामिली किचेनमा गरिने बानाले जनाएको छ । जसका लागि सम्पुर्ण दिदीबहिना आमाहरुलाई उपस्थितीका लागि पनि अनुरोध गरेको छ ।
सो कार्यक्रमलाई तिज विशेष कार्यक्रमका रुपमा मनाइने र सबैले मिलिजुली यसलाई सफल पार्नका लागि पनि आग्रह गरेको छ । कार्यक्रममा सहभागि हुनका लागि जनही २० डलर प्रवेश शुल्क तिर्नुपर्ने भनिएको छ । कार्यक्रम साँझ ६ बजेबाट सुरु भएर राती १२ बजे सकिने बानाले जनाएको छ ।