Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ । 

पार्टीका अध्यक्ष माधव कुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ ।

 

त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन् । 

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १६:०१:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend