Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीको घोषणा गरिएको पुरस्कार निकासा गर्ने

शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीको घोषणा गरिएको पुरस्कार निकासा गर्ने

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीको घोषणा गरिएको पुरस्कार निकासा गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।

बिहीबार चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त समेत गरे । 

उनले भने, ‘यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ । केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो अहिले त्यो बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’

उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरुलाई आग्रह गरे ।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १९:४३:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend