पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको रात्री बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना हुदा कम्तीमा २० जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।दुर्घटनामा परेका २० जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा उपचार भईरहेको छ ।
बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।