पाल्पा २०८० भदौ २७ । मुक्तक अभियन्ता तथा चर्चित मुक्तककार सुनील अधिकारीद्वारा सञ्चालित फोटोमा मुक्तक प्रतियोगिताका शृङ्खला १ देखि १०० सम्मका २७० जना विजयी मुक्तककारहरूको ६५८ वटा मुक्तकहरूको वृहत सङ्ग्रह“विजयोपहार” को एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीको लेखनाथ प्रवचन कक्षमा सम्पन्न सो लोकार्पण कार्यक्रमको सभापतित्व 'फोटोमा मुक्तक प्रतियोगिता' का परिकल्पनाकार तथा हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी हुनुहुन्थ्यो । प्रमुख अतिथि रामकाजी कोनेले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको कार्यक्रम झन्डै साढे ३ घण्टासम्म चलेको थियो ।
कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, घुम्तीमा मुक्तक साहित्यिक संस्थाका अध्यक्ष निर्मलरमण पराजुली, मुक्तिनाथ दर्शन साहित्य प्रतिष्ठानका अध्यक्ष हरिभक्त सिग्देल, दियालो सरगमका अध्यक्ष शान्ति शर्मा, तरेली साहित्य संस्थाका भूपू अध्यक्ष मानन्धर अभागी, मधुवन गोधुलीको साथी संस्थाका अध्यक्ष गणेशबाबु अधिकारी, नोबल साकोसका अध्यक्ष राजन न्यौपाने, लक्ष्मीदेवी साहित्य सिरपाका अध्यक्ष प्रदिपरत्न शाक्य तथा साहित्यिक चौतारी नेपालको निवर्तमान अध्यक्ष सन्दीप संग्रौला 'दिलदु:खी’को समुपस्थिति रहेको थियो ।
१०० औं शृङ्खलासम्म मिडिया मार्फत सहयोग गर्नुहुने 'रहस्य' साप्ताहिकका सम्पादक श्री मुक्ति बास्तोला ‘दिव्यदर्शन’ साप्ताहिकका सम्पादक सुशील तिवारी‘दिव्य चक्षु’ साप्ताहिकका सम्पादक श्री ड़ा. अश्वस्थामाभक्त खरेल, व्यवस्थापक मदन नेपाल साथै निर्णायक/प्रायोजक सौरभ कारन्जितज्यू, निर्णायक बिमल झाज्यू, निर्णायक/प्रायोजक निलाञ्जला भारद्वाज तथा अन्य उपस्थित प्रायोजकहरुलाई प्रमुख अतिथिले प्रमाण-पत्र प्रदान गर्नुभएको थियो l
कार्यक्रममा संयोजक सुनिल अधिकारीले फोटोमा मुक्तक प्रतियोगिता तथा संयुक्त मुक्तकसङ्ग्रह 'विजयोपहार' को जन्मको बारेमा बोल्नुभएको थियो भने अन्य उपस्थित सम्पूर्ण वक्ताहरूले 'विजयोपहार' को प्रशंसा गर्दै कृतिगत सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरू मध्ये लगभग ३० जनाले आ-आफ्नो मुक्तक वाचन पनि गर्नुभएको थियो ।
हातेमालो साहित्य सङ्गमका उपाध्यक्ष विपिन मर्मले चलाउनु भएको सो कार्यक्रमको व्यवस्थापन महासचिव बिमला दाहाल, कोषाध्यक्ष पुष्पा धमला, सदस्यहरू 'जिज्ञासु' पौडेल तिलकज्यू, दुर्लभ शाह 'त्यागी', सरिता थापामगर, प्रचण्ड गौतम, योगराज आचार्य (छिमेकी दाइ) ले गर्नुभएको थियो ।
कार्यक्रमका केही झलकहरू