भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच विमान दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको थियो । सो निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार रहेको बताईएको छ । ।
दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो । जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त उल्लेख गरिएको छ ।