दशै तिहारको पूर्वसन्ध्यामा आयोजना हन्टर्स ब्याइजले आयोजना गर्न लागेको दशै कप टी २० क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागिता हुने भएको छ । अक्टोबर १३, १४ र १५ तारिखमा हुने प्रतियोगिता ह्यारिसबर्गमा हुने भएको छ ।
केयरगिभर अमेरिकाको मुख्य प्रायोजन तथा भुटनीज कम्युनिटी ह्यारिबर्गको सहकार्यमा हुने प्रतियोगिताका लागि तयारी सुरु भएको छ । प्रतियोगिताको पहिलो पुरस्कार ५ हजार डलर रहेको छ भने दोस्रो पुरस्कार तीन हजार डलर रहेको छ ।
प्रतियोगितामा आयोजकले कुल १२ टिम सहभागि गराउनेमा सबै टिमको दर्ता पुरा भएको छ । जसमा आयोजक टिमसँगै ड्रुक च्यालेञ्जर्स क्रिकेट टिम, सिन्से वारियर्स क्रिकेट क्लब, साथी बाल्टिमोर क्रिकेट क्लब, मेरिल्याण्ड क्रयाब्स, लान्कास्टर क्रिकेट क्लब, हिमालयन किंग्स क्रिकेट क्लब, एभरेष्ट क्रिकेट क्लब, युनाइटेड क्रिकेट क्लब, ह्यारिसबर्ग गोर्खाज क्रिकेट टिम, रियुनियन क्रिकेट क्लब, ह्यारिसबर्ग योर्कर्स क्रिकेट टिम रहेका छन् ।