Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेरमा खनालको असन्तुष्टि

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेरमा खनालको असन्तुष्टि

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेरमा खनालको असन्तुष्टि

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले कार्यविभाजनसम्बन्धी पार्टीको निर्णय खतरनाक भएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्यविभाजन गर्ने निर्णयमा कसैको पनि सहमति नभएको जिकिर गरे । यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन’, उनले भने, ‘सहमतिबिना अपानी जारी भएको छ, त्यसबारे छलफल गर्दैछौं ।’

नेकपा एसले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दे अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको थियो । कार्यविभाजनलाई लिएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मले तीव्र असन्तुष्टि देखाएका छन् ।

 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १७:१३:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend