Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

क्रिकेट प्रशिक्षक विकासकालागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबिच सम्झौता

क्रिकेट प्रशिक्षक विकासकालागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबिच सम्झौता

रोशनबहादुर सिंह

२९, भाद्र २०८०
images
क्रिकेट प्रशिक्षक विकासकालागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबिच सम्झौता

काठमाडौं । क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि बागमती प्रदेश क्रिकेट संघ र काठमाडौं महानगरपालिका बिच समझौता भएको छ। विद्यालयभित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन बागमती प्रदेश र काठमाडौं महानगरले सहकार्य गरेका हुन् । 

बागमती प्रदेश क्रिकेट संघले असोज १६ गतेदेखि २० गतेसम्म क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्दैछ । सो कार्यक्रमलाई सहयोग काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएको छ । कार्यक्रम सञ्चालनका लागि शुक्रबार बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरका तर्फबाट मेयर बालेन्द्र शाह बालेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्यानका केन्द्रिय सदस्य छुम्बी लामाको उपस्थितीमा भएको सम्झौताले काठमाडौं महानगरमा मात्र नभएर दिर्घकालिन रुपमा सिंगो क्रिकेट विकास र विस्तारमा सहयोग पुग्ने बागमती महानगरले जनाएको छ ।

मेयर बालेन शाहले समेत काठमाडौंमा क्रिकेट सिक्न जाने खेलाडीमा प्रशिक्षकको अभाव रहेको बताउँदै प्रशिक्षक उत्पादन गर्ने कार्यक्रममा महानगरले सहयोग गरेको बताएका छन् । 

'पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडीनै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरणनै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सघंको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौ ।' बालेनले भनेका छन् । 

प्रदेश संघको नेतृत्वमा आए लगत्तै अध्यक्ष खड्काले प्रशिक्षक जस्तो प्राविधिक जनशक्तिको उत्पादन कार्यक्रमको आयोजना गरेर क्रिकेट विकासको बाटो पहिल्याउन खोजेका छन् । मेयर बालेनले समेत खेलकुदको प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गरेर ग्रासरुटको विकासमा प्रोत्साहन गर्ने  नीतिलाई अघि बढाएका छन् पूर्व कप्तान खड्का क्यानको आसन्न केन्द्रिय निर्वाचनको नेतृत्वका मुख्य दाबेदार हुन् । 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १९:१८:२८ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend