Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

६२ लाख तिर्न नसकेर युएईको जेलमा खड्कबहादुर,

६२ लाख तिर्न नसकेर युएईको जेलमा खड्कबहादुर,

सतीश चापागाईं

१९, भाद्र २०७५
images
काठमाडौं – युएईमा जेल परेका तेह्रथुमका खड्कबहादुर जोगीलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेका छन् ।     २०७० सालमा युएई गएका खड्कबहादुर फिलिपिनो नागरिकको हत्याको आरोपमा ४ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । परिवारका अनुसार २०१४ मे ६ मा खड्कबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि खड्कबहादुरले कम्पनीमा खबर गर्नुभयो ।   कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्‍याउदा साथीको मृत्यु भएको थियो । फिलिपिनो साथीको मृत्यु भएकै दिन प्रहरीले खड्कबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेका खड्कबहादुरलाई अदालतले साथीको हत्या गरेको अरोप लगाएको परिवारले बताएका छन् ।   अदालतमा आफूले हत्या नगरेको बताएपनि हत्याको आरोप लगाएको परिवारसँग खड्कबहादुरले बताउनुभएको छ । खड्कबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला गरेको छ । उहाँ अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा हुनुहुन्छ ।     दूतावासले जेल भ्रमण गर्दा खड्कबहादुरलाई भेटेको र उहाँ सन् २०१९ को मार्च २३ सम्म जेलबस्न पर्ने नेपाली दूतावास युएईले जनाएको छ । मृतकका परिवारले दुई लाख दिर्हाम ब्लडमनी मागेकाले रकम नबुझाएसम्म जेलबाट छुट्ने सम्भावना छैन ।   तर दुई लाख दिर्हाम अर्थात ६२ लाख रुपैयाँ तिर्न सक्ने अवस्था नभएको भन्दै श्रीमती डम्बरकुमारी जोगीले श्रीमानलाई स्वदेश फर्काउन सहयोग गर्न अनुरोध गर्नुभयो । उज्यालोबाट ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - २१:२०:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend