Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नजाती बा -सरोज काफ्ले ‘शाण्डिल्य’

नजाती बा -सरोज काफ्ले ‘शाण्डिल्य’

नेप्लिज डायस्पोरा

३०, भाद्र २०८०
images
नजाती बा -सरोज काफ्ले ‘शाण्डिल्य’

 


टेक्ने आँगन उसकै
ओत्ने छानो उसकै
बिहान बेलुकाको जोहो मुट्ठि मानो उसकै
पूर्जा उसकै घर उसकै
नामको पछाडी जोडिएको थर उसकै
भरखर भरखर उँभिएर हिड्न खोज्दा
तातेताते गराउने सहारा र भर उसकै
टेकाएर चार हात खुट्टामा बनाएर घोडा
मैले हटहट गर्ने ढाड उसकै
खेपेर सम्पूर्ण अभावको आँधिहुरी
मलाई माथी पुर्याउने बिचार उसकै
देखाएर कहिल्यै आँखामा आँसु रोएन उ
ऐया भन्यो भित्रभित्रै बाहिर दुखेन उ
लडेको बेला उठ्न सिकायो उठाउन गएन उ
त्यसैले त आमा जस्तो जाती भएन उ ।

२०८०/५/२८ बिहान ९.५०
(बिजारोपण मात्र)

 

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - २२:०८:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend