Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपालीमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपालीमा

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपालीमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीमा आधारित पुस्तक नेपालीमा अनुबादन गरिएको छ । सो पुस्तकको नेपाली संस्करण शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।

‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद गरेर ‘सत्यको जगमा उभिएर’ नामक पुस्तक सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक तथा अनुवादक सगुना शाह र वी  रीडको सीइओ सुनिती अमात्यले सामुहिक रूपमा पुस्तक विमोचन गरे । 

 

रंगभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयान दिदा उनीहरुको परिस्थितबारे ह्यारिसले गरेको अनुभव आफूलाई मन परेको शाहले बताइन् ।  आप्रवासी आन्दोलनदेखि समलिंगी, तेस्रोलिंगी, आर्थिक व्यवस्था लगायतका विषय पनि महत्वका साथ आएको उनको भनाइ थियो ।

विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेकी थिइन् । कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र संघर्षमा हमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको छ,’ उनले भने ।

दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारण ढिलाइ हुन पुगेको प्रतीकले बताए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ००:०३:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend