१९ औं एसियाली खेलकुद आउन करिब एक साताको समय बाँकी छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउ सहरमा हुने एसियाकै ठूलो खेल महोत्सवमा नेपालबाट २ सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन । बर्षौदेखि चल्दै आएको छोटो समयको तयारी तर पदकको ठूलो आशाका साथ यसपटक पनि नेपालबाट जम्बो टिम चीन पुगेको छ । नेपालले यसपटकको एशियाडमा कुल ४० खेलमध्ये २९ खेलमा आफ्नो प्रतिनिधित्व गर्दैछ ।
नेपालका लागि यो १७ औं एसियाड सहभागिता हो । नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा सहभागिता जनाउन थालेको थियो । नयाँ दिल्लीदेखि अहिले हाङझाउसम्म आइपुग्दा एसियाडले १८ संस्करण पार गरिसकेको छ । यसबीच नेपालले मनिला, १९५४ र जकार्ता, १९६२ बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ । सहभागिता धेरै भएपनि उपलब्धिका हिसाबले भने निकै कम छ । अहिलेसम्म सहभागिता जनाएका हरेक सस्करणमा कसले नेपालको इज्जत बचाउछ भन्ने ध्यान सबैको हुन्छ ।
पहिलो सस्करणको एशियाडबाट सहभागिता जनाएपनि नेपालले पदकको खाता भने १९८२ मा दिल्लीमा भएको ९१ औं संस्करणमा आएर बल्ल खोलेको थियो । त्यतिबेला बक्सिङका स्व. दलबहादुर राना मगरले नेपालका लागि कांस्य पदक जितेका थिए ।
एशियाडमा नेपालले अहिलेसम्म कुल २४ पदक जितेको छ, जसमा दुई रजत छ । स्वर्णको खाता नेपालका लागि निकै परको कुरा हुँदै आएको छ । १९९८ मा बैंकक मा भएको १३औं संस्करणमा नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । उनी हाल बर्षौ अमेरिकामा बस्दै आएकी छिन । अर्को रजत नेपालले गत संस्करण जकार्ता-पालेम्बाङमा भएको एसियाडमा प्याराग्लाइडिङबाट जितेको थियो ।
नेपालका लागि जहिलेपनि पदकको आशा भएका खेलहरु मार्सलआर्ट नै रहेका छन । हुनपनि यी खेलमा नेपालले धेरै पदक जितेको छ । अहिलेसम्म नेपालका लागि तेक्वान्दोले सर्वाधिक १५ पदक, बक्सिङले ६, करातेले २ तथा प्याराग्लाइडिङले एक पदक हात पारेको छ । तर नेपालको पछिल्लो पटकको प्रदर्शन हेर्नेहो भने निकै खस्किएको छ । नेपालले पछिल्ला तीन संस्करण मात्र तीन पदक जित्न सफल भएको छ । जुन पदक नेपालका लागि लाज जोगाउने आधार बनेको छ ।
इन्चोन एसियाडमा नेपालले २०४ खेलाडी पठाउँदा करातेकी विमला तामाङले मात्र पदक हात पारिन । उनले करातेको एकल कातामा कांस्य जितेकी थिइन् । २०१० ग्वाङझाउ एसियाडमा २० खेलमा कुल १४० खेलाडी पठाउँदा नेपालले बक्सिङका दीपक महर्जनको काश्यपदकका कारण लाज जोगाउनु परेको थियो । उनले ८१ केजी तौल समूहमा कांस्य पदक जितेका थिए ।
गत संस्करणको एशियाडमा नेपालले २९ खेलमा १ सय ८७ खेलाडीको टिम पठाउँदा अन्त्यमा नेपालको इज्जत प्याराग्लाइडिङले धानेको थियो । २० वर्षपछि रजत जित्ने क्रममा प्याराग्लाइडिङको पुरुष टिमले क्रस कन्ट्रिमा रजत जितेको थियो । यो खेल एसियाडमा पहिलोपटक समावेश गरिएको थियो ।
यो पटक नेपालबाट जम्बो टिम गएपनि अन्तिममा पदकको आशा त्यहि तेक्वान्दो, बक्सिङ र कराते मा नै गरिएको छ । त्यो बाहेक पदकको आशा गरिएकी पौडीकी गौरीका सिहले भाग लिएकी छैनन्। अर्को आशा भनेका ब्याटमिन्टनका प्रिन्स दाहाल हुन, बाँकी खेल र खेलाडीले आश्चार्यजनक रुपमा पदक जितेमा त्यो नेपालका लागि इतिहास हुने पक्का छ ।
नेपाली खेलकुदमा एउटा कहिले नमेटिने दाग छ । त्यो हो, खेलाडी भन्दा पदाधिकारी धेरै जाने गरेको भनेर । अब यो पटकपनि यो दाग मेटिने हो या होइन, त्यो पदाधिकारी चीन जान थालेपछि थाहा हुनेछ ।