Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एसिया कपको इतिहासकै कम योगफलमा अलआउट श्रीलंका, भारतलाई ५१ रनको लक्ष्य

एसिया कपको इतिहासकै कम योगफलमा अलआउट श्रीलंका, भारतलाई ५१ रनको लक्ष्य

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
एसिया कपको इतिहासकै कम योगफलमा अलआउट श्रीलंका, भारतलाई ५१ रनको लक्ष्य

एसिया कप क्रिकेटको उपाधि जित्नका लागि भारतले ५१ रनको लक्ष्य पाएको छ । श्रीलंकाले १५.२ ओभरमा सवै विकेट गुमाएर ५० रनमात्रै बनाउन सक्यो ।

कोलम्बोमा आज भएको फाइनल खेलमा घरेलु टोली तथा डिफेन्डिङ  च्याम्पियन श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर, श्रीलंकन कप्तान दसुन सनकाको निर्णय पूरै गलत सावित भयो । १३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकालाई फाइनलमा पुरै दबाबमा राख्नका लागि मोहम्मद सिराज एक्लैले ६ विकेट । सिराजले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर २१ रन खर्चिएर ६ विकेट लिए ।

 

यसैगरी जसप्रित बुमराहले ५ ओभरमा १ ओभर मेडन राख्दै २३ रन खर्चिएर १ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले २.२ ओभर बलिङ गर्दा ३ रन दिएर ३ विकेट लिए । 

श्रीलंकाका लागि पथुम निसनका र कुशल परेराले ओपनिङ गरेका थिए । कुशल परेरालाई बुमराहले आउट गर्दै भारतलार्य सुखद् सुरुआत गराए ।

चौथो ओभरमा श्रीलंकाले ४ विकेट गुमायो । मोहम्मद सिराजले चौथो ओभरको पहिलो बलमा पथुम निसनकालाई आउट गरेका थिए । उनी २ रन बनाएर आउट भए । दोस्रो बल सदेर समरविक्रमाले रन बनाउन सकेनन् । तेस्रो बलमा उनी एलबीडब्ल्यू आउट भएका थिए । चौथो बलमा चरिथा असलंकाले खाता नै नखोली पभेलियन फर्किए । पाँचौं बल ह्याट्रिक विकेटको खोजिमा रहेको सिराजले चार रन दिए । उनलाई धनञ्जय डी सिल्भाले चार रन प्रहार गरका थिए । तर अन्तिम बलमा सिल्भालाई आउट गर्दै सिरजाले एकै ओभरमा ४ विकेट लिएर सनसनी मच्चाए । छैटौं विकेट पनि श्रीलंकाले १२ रन हुँदा गुमाएको थियो । श्रीलंकाका कप्तान दसुन सनका खाता पनि खोल्न सकेनन् । उनलाई सिराजले नै पभेलियन फर्काए ।

एक छेउँमा टिकको कुशल मेन्डिस सातौं विकेटको रुपमा आउट भए । उनले ३४ बलमा १७ रन बनाएका बेला सिराजकै धरापमा परेका थिए । क्रिजमा दुनिथ वेललागे र दसुन हेमन्था क्रिकेटमा रहेका थिए । १२ ओभर सकिँदा श्रीलंकाले ७ विकेट गुमाएर ३९ रन बनाएको थियो ।  १३ औं ओभरको तेस्रो बलमा श्रीलंकाले आठौं विकेट गुमायो । भारतका हार्दिक पाण्ड्याले दुनिथ वेलवालेगेलाई आउट गरे ।

उनी ८ रन बनाएर आउट भएका हुन् । नवौं विकेटको रुपमा प्रमोद मदुसन आउट भए । उनी १ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याको बलमा विराट क्याच लिँदै पभेलियन पठाएका हुन् । लगत्तै अन्तिम विकेटको रुपमा मथिसा पथिरना खाता नै नखोली आउट भए । दसुन हेमन्था १३ रनमा नटआउट रहे । श्रीलंका १३.२ ओभरमा सवै विकेट गुमाएर ५० रनमा समेटिन पुग्यो । भारतका मोहम्मद सिराजले ६ विकेट लिँदा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १७:५४:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend