Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मञ्जुश्री साहित्यिक समाजको ६४ औं प्रविधीमैत्री कार्यक्रम सम्पन्न

मञ्जुश्री साहित्यिक समाजको ६४ औं प्रविधीमैत्री कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
मञ्जुश्री साहित्यिक समाजको ६४ औं प्रविधीमैत्री कार्यक्रम सम्पन्न


२०८० भदौ २९, पाल्पा । मञ्जुश्री साहित्यिक समाजको आयोजनामा संस्थाका अध्यक्ष डा बमबहादुर थापा जितालीको सभापतित्वमा
१५८ मोतीराम जयन्ती र बालदिवसका सन्दर्भमा ६४ औं प्रविधि मैत्री कविसम्मेलन आज भव्यतापूर्वक सम्पन्न भयो ।


कार्यक्रममा कविता वाचनमा टेकबहादुर लौडारी, पूर्णदेवी न्यौपाने, कल्पना देवकोटा, वीरबहादुर लोहनी उर्मिला पन्त, गणेश आत्रेय आदिको सहभागिता थियो भने विशेष अतिथि प्रतिष्ठित गीतकार आनन्द अधिकारीले जीवनमा पहिलोपटक भर्चुअल प्रविधि मैत्री कार्यक्रममा जोडिएर आफ्ना सिर्जना प्रस्तुत गरेको अनुभूतिका साथै 'राष्ट्रदेवो भव' वीर रसको जोडदार कविता प्रस्तुत गर्नुभयो । प्रमुख आमन्त्रित कवि दुष्यन्त भट्टराईले वाचित कविताको संक्षिप्त समीक्षा गरेर मोतीराम भट्टको प्रमुख योगदान झल्काउनुका साथै प्रशंसनीय कविता प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सञ्चालन लोककवि वीरबहादुर लोहनीले गर्नुभएको थियो । सभापतिबाट मोतीरामको आडमा 'पीडाको पहाड' नामक कविता वाचनका साथसाथै उपस्थित कवि तथा कवयित्रीलाई धन्यवाद दिनुहुँदै सभा सम्पन भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १९:३७:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend