सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टल सुन तस्करी गरेको बताए । आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको भनाई थियो ।
माअोवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै अध्यक्ष ओलीले साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २ सय ९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही नगरेको भन्दै आक्रोश पोखे ।