Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भारोत्तोलनमा सागरको तेस्रो राष्ट्रिय कीर्तिमान

भारोत्तोलनमा सागरको तेस्रो राष्ट्रिय कीर्तिमान

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
भारोत्तोलनमा सागरको तेस्रो  राष्ट्रिय कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले आइडब्लुएफ विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम छन् ।

पुरुष १ सय ९ केजी तौलसमूहमा सागरले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सागरले स्न्याचमा १ सय २८ केजी, क्लिन एन्ड जर्कमा १ सय ६३ र कुलमा २ सय ९१ केजी तौल उठाउदै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । यसअघि स्न्याचमा १ सय २२, क्लिन एन्ड जर्कमा १ सय ६२ र कुलमा २ सय ८४ केजीको कीर्तिमान सागरकै नाममा थियो ।

सोही प्रतियोगितामा सागरअघि विकास भट्ट र विशालसिंह विष्टले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी समान तीन राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । दुवै खेलाडीले पनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - २१:१६:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend