उत्तर कोरियाका लिडर किम जोङ उन एक साता लामो रसिया भ्रमण सकेर फर्किएका छन । यो भ्रमणपछि उत्तर कोरियाले अत्याधुनिक हतियारको डिल रसियासँग गरेको सीएनएनले बताएको छ ।
किम र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको भेटघाटले यतिबेला विश्वका शक्तिराष्ट्रको टाउको दुखाई बनेको छ । किमले रसिया भ्रमणबाट बडी आर्मर र ड्रोन हतियार उपहारका रुपमा पाएका छन । ६ दिनको भ्रमणका कारण उनले रसियाका बिभिन्न स्थानको भ्रमण गरेका थिए । तर धेरै जसो हतियार बनाउने कम्पनीमा रहेको थियो ।
रसियामा भब्य स्वागत पाएका किमले गरेका मिलिटेरी स्थानका भ्रमणले पश्चिमी देशको टाउको दुखाई बनेको छ ।
उत्तर कोरियाले इनर्जी देखि खाध्यान्न र मिलेर्टी प्रविधी भित्र्याउन खोजिरहेको छ । उनको बिदाईका बेला रसियाको पूर्वी क्षेत्रका गर्भनरले उनलाई बुलेट प्रुफ भेष्ट र एक सेट ड्रोन उपहार दिएका थिए । उनले पाउको उपहार आत्मरक्षाका लागि काम लाग्ने भनिएको छ ।
किम र पुटिनले बुधबार रसियाको सुदुरपश्चिमी भुभागमा भेट गरेका थिए । यी दुई बिच पाँच घण्टा लामो बार्ता भएको थियो । जसका उत्तर कोरियाले स्पेश टेक्नोलोजिमा बढि चासो दिँदा पुटिनले पनि त्यसलाई राम्रोसँग सुनेको बताइएको छ ।
किमले पुटिनलाई सहयोगका लागि पनि प्रस्ताव गरेको बताइएको छ । यी दुई बिच हतियारको बारेमापनि सहमति भएको भनिएको छ । तर एकिन कुरा भने सार्वजनिक गरिएको छैन ।
उत्तर कोरियन मिडिया केसीएनएले किम रसियाको विमान बनाउने कम्पनीसँग निकै प्रभावित भएको बताएको छ । किम एक साता लामो भ्रमण सकेर आफ्नै सविधासम्पन्न ट्रेनमा उत्तर कोरिया फर्किदापनि उनको बिदाई भब्य नै भएको थियो ।
तस्विर:रोयटर्स