Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको छ । 

कैलालीको भजन नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको बताइएको छ ।

साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ । 

 

 

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १६:१९:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend