Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकन नागरिकता लिने नेपालीको संख्या झण्डै ७५ हजार, एक दशकमा ४ गुणाले बढ्यो

अमेरिकन नागरिकता लिने नेपालीको संख्या झण्डै ७५ हजार, एक दशकमा ४ गुणाले बढ्यो

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
अमेरिकन नागरिकता लिने नेपालीको संख्या झण्डै ७५ हजार, एक दशकमा ४ गुणाले बढ्यो

अमेरिकाले यो साता संविधान दिवस र नागरिकता दिवस मनाउन सेप्टेम्बर १७ देखि सेप्टेम्बर २२ का बीचमा देशभर १ सय ३० भन्दा बढी नागरिकता वितरण समारोहहरू आयोजना गरेको छ । सो कार्यक्रमहरुबाट झण्डै ६ हजार ९ सय भन्दा बढी नयाँ नागरिकलाई नयाँ नागरिकता दिने बताएको छ । 

न्यूयोर्कबाट सञ्चालन हुने अनलाईन खसोखासका अनुसार सेप्टेम्बर १७ मा अमेरिकाले संविधान सप्ताहको भागको रूपमा संविधान दिवस र नागरिकता दिवस मनाउने गरेको छ । सन् १९४० बाट यो अमेरिकी दिवस​​को रूपमा मनाउन सुरु गरिएको थियो । प्रत्येक वर्ष युएससीआईएसले संविधान दिवस र नागरिकता दिवसलाई संविधान दिवस सप्ताहका रुपमा मनाउदै आएको छ ।

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या अहिलेसम्म झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कले देखाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत अर्थात झण्डै ११ हजार न्युयोर्क निवासी रहेका छन् ।

विगत ७ बर्षमा नेपाली अमेरिकनको संख्या तेब्बरले  र एक दशकमा चार गुणाले बृद्धि भएको छ। १० बर्ष अगाडी अमेरिकाको नागरिकता लिने नेपाली झण्डै १८ हजार थिए । २०१५ सम्म २५ हजार नेपालीले अमेरिकी नागरिकता लिएका थिए भने अहिले यो संख्या ७५ हजार पुगेको छ । 

सन् २०१२ मा २ हजार ४ सय ४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए भने सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीको संख्या २ हजार ७ सय ११ थियो । सन् २०१४ मा यो संख्या २ हजार ८ सय ८८ पुगेको थियो । सन् २०१५ मा बढेर ४ हजार २ सय २५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । 

सन् २०१६ मा अमरिकन नागरिकता लिने नेपाली ५ हजार ४ जना पुगेका थिए । सन् २०१८ मा अमेरिकाभर ५ हजार ३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । सन् २०२० मा अमेरिकाभर ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा अहिलेसम्म कुल ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।

यो क्रम अझै बढ्ने क्रममा छ । नेपालको अवस्था दिनानुदिन खस्किदो अवस्था रहेका बेला मानिसहरु विदेशिन बाध्य छन् । त्यसमा पनि अमेरिका प्रवेश गर्नका लागि तल्लोबाटोबाट हजारौ मानिस अमेरिका छिर्ने गर्छन । यतिमात्र होइन, हरेक बर्ष अमेरिकी सरकारले खोल्ने डीभीका कारणपनि अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दै गएको हो । 

यो समाचारको तथ्याङ्क खसोखास डट कममा आधारित भएर लेखिएको हो ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०२:३०:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend