Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

हिमालयन बाल्टिमोर युनाइटेडले 'दशै कप' फुटबल गर्दै, बिजेताले २५ सय डलर पाउने

हिमालयन बाल्टिमोर युनाइटेडले 'दशै कप' फुटबल गर्दै, बिजेताले २५ सय डलर पाउने

रोशनबहादुर सिंह

२, आश्विन २०८०
images
हिमालयन बाल्टिमोर युनाइटेडले 'दशै कप' फुटबल गर्दै, बिजेताले २५ सय डलर पाउने

मेरिल्याण्डको बाल्टिमोरमा रहेको द हिमालयन बाल्टिमोर युनाइटेड एफसीले पहिलो संस्करणको दशै कप आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाँड दशैको पूर्वसन्ध्यामा आयोजना हुने प्रतियोगिता अक्टोबरको १४ र १५ तारिखमा हुनेछ ।

प्रतियोगिताका लागि टिमका दर्ता खुल्ला गरिएको छ भने हरेक टिमले ५०० डलर दर्ता शुल्क तिर्नुपर्ने आयोजकले जनाएका छन । प्रतियोगितामा टिम दर्ता गर्दा आयोजकले केहि सर्तहरुपनि राखेको छ । जसमा टिमका खेलाडी ३५ बर्ष माथिको हुनुपर्ने, टिममा ३ जना ३० बर्षमाथिको राख्न पाउने भनिएको छ । गोलकिपरको हकमा भने उमेर हकबन्दि लगाइएको छैन ।

प्रतियोगिताका लागि टिम दर्ताको समय ३० सेप्टेम्बरसम्म राखिएको छ । प्रतियोगितामा पहिलो हुने टिमले २५ सय डलर पाउनेछ भने दोस्रो हुने टिमले १५ सय डलर पाउनेछ । दुई दिने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०३:२४:४२ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend