Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अस्ट्रेलियाका सभामुख डिकले नेपाल भ्रमण गर्दै

अस्ट्रेलियाका सभामुख डिकले नेपाल भ्रमण गर्दै

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
अस्ट्रेलियाका सभामुख डिकले नेपाल भ्रमण गर्दै

अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबर नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सभामुखको नेपाल भ्रमणबारे जानकारी गराइन ।

अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गर्ने क्रममा अस्ट्रेलियाले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताउँदै भ्रमणबारे जानकारी गराईएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक सहयोगबारे छलफल भएको थियो। अध्यक्ष तिमिल्सिनाले नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यका रूपमा अस्ट्रेलिया परेको बताउँदै छात्रवृत्तिको सङ्ख्या बढाउन आग्रह गरे।

नेपाल र अस्ट्रेलियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलियामा विभिन्न पेसा र व्यवसायमा ठूलो सङ्ख्यामा अस्ट्रेलियामा नेपाली रहेको बताउँदै दुई देशबिचमा सिधा हवाई उडान सञ्चालन गर्न सके दुवै देशले लाभ लिन सक्नेमा जोड दिए। 

सो अवसरमा राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको जानकारी गराए । उनले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराए । 

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०६:५२:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend