Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मुलुकलाई संकटबाट जोगाउन आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने-ईश्वर पोखरेल

मुलुकलाई संकटबाट जोगाउन आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने-ईश्वर पोखरेल

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
मुलुकलाई संकटबाट जोगाउन आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने-ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । 

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकताबद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाई थियो ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १९:०५:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend