मेरिल्याण्डको बाल्टिमोरमा रहेको चार्म सिटी यतिजले नेपालीको महान चाँड दशै अगाडी टी १० क्रिकेट दशै कप गर्ने भएको छ । प्रतियोगितामा बाल्टिमोरमा रहेका ४ क्रिकेट टिमका सहभागिता रहनेछ ।
सेप्टेम्बर २३ र २४ तारिखमा हुने प्रतियोगिता टी १० फरम्याटमा हुनेछ । जसमा एक टिमले एक पारीमा १० ओभर खेल्न पाउनेछन ।
प्रतियोगिता सहभागि टिममा बाल्टिमोर एथ्लेटिक क्लब, फारवेष्र्टन क्रिकेट क्लब, मेरिल्याण्ड क्र्याब र साथी बाल्टिमोर क्रिकेट क्लब रहेका छन ।
प्रतियोगिता आयोजनाका लागि विभिन्न ब्यक्ति र ब्यवसायबाट सहयोग जुटिरहेको आयोजकले जनाएका छन ।