राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
उनी नेपाल क्रिकेट संघ क्यानको अनुमति लिएर फेब्रुअरीसम्मका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ ।
उनी राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन् ।
राष्ट्रिय टिमका खेलाडीहरुले सि यू सुन इन अष्ट्रेलिया (हामी छिट्टै अष्ट्रेलियामा भेट्ने छौं) भन्ने पोष्टहरु भने राष्ट्रिय टिम पनि अभ्यासका लागि अष्ट्रेलिया जाने तयारी भएका कारण आएको बुझिएको छ ।