Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

इन्ट्रा कपको तयारी पुरा, विजेताले ४० तोला सुनको ट्रफी पाउने

इन्ट्रा कपको तयारी पुरा, विजेताले ४० तोला सुनको ट्रफी पाउने

रोशनबहादुर सिंह

५, आश्विन २०८०
images
इन्ट्रा कपको तयारी पुरा, विजेताले ४० तोला सुनको ट्रफी पाउने

इन्ट्रा नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आयोजनामा हुन लागेको भलिबल र फुटबल प्रतियोगितामा सहभागि टिमको संख्या र खेल तालिका सार्वजनिक भएको छ । यो फाउन्डेसनले गर्न लागेको तेस्रो संस्करणको फुटबल प्रतियोगिताको पुरुषतर्फ १६ टिमको सहभागिता रहनेछ भने यस्तै पुरुष भलिबल तर्फ २४ टिमको सहभागिता हुने भएको छ भने महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।

अमेरिकाको न्यूयोर्क स्थित रोचेस्टरमा हुने प्रतियोगिताको तयारी पुरा भएको छ । भोलीबाट सुरु हुने प्रतियोगिताको औपचारिक उद्घाटन भने शनिबार हुनेछ । प्रतियोगिताको पुरुष तर्फको फुटबलमा सहभागि १६ टिमलाई चार समुहमा विभाजन गरिएको छ । जसमा हरेक समुहमा चार चार टिम राखिएका छन । समुह चरणमा शिर्ष हुने टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछन ।

यस्तै भलिबलमा पुरुषतर्फ सहभागी २४ टिमलाई ८ समुहमा बिभाजन गरिएको छ । जसमा हरेक समुहमा तीन तीन टिम राखिएको छ । 

IMG_1938.jpeg

आयोजकले सार्वजनिक गरेको पुरुष फुटबलको खेल तालिका अनुसार एनवाईएन एफसीले पहिलो खेलमा इन्ट्रा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
सेप्टेम्बर २२ देखि २४ सम्म हुने प्रतियोगितामा ३५ बर्षमाथिका भेट्रान्सको पनि प्रतिस्पर्धा हुनेछ । जसमा ८ टिम रहेका छन । सहभागि टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।

IMG_1940.jpeg

महिला भलिबल तर्फपनि सहभागि ६ टिमलाई दुई समुहमा विभाजन गरिएको छ । यो फाउन्डेसनले गर्दै आएको इन्ट्रा कपको तेस्रो संस्करणसम्म पुग्दा पुरस्कार राशीमा पनि बृद्धी भएको छ ।

प्रतियोगितालाई भब्य पार्नका लागि आयोजकले सबै तयारी पुरा गरेको यो प्रतियोगिताका डाइरेक्टर रुद्र बानियाँले नेप्लिज डायस्पोरालाई बताए । साथै उनले उद्घाटन समारोह शनिबार हुने र यसमा नेपाली चलचित्रका नायक दिलिप रायमाझी बिशेष अथिति रहने बताए । साथै यस फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी प्रमुख अथिति रहने बताए । यसका साथै उद्घाटन समारोहमा भुटानबाट खेलिसकेका नेपाली भाषी खेलाडीपनि समारोहमा उपस्थ्ति हुने बताए ।

db714a05-.jpeg

यो पटक फाउन्डेसनले पुरस्कार राशीमात्र एक लाख डलर भन्दा बढिको राखेको छ । यसका साथै उपाधि जित्ने टिमले ४० तोलाको सुनको ट्रफी पाउने बताए । यो प्रतियोगितालाई सफल होस भनेर नेपालका कलाकार र भलिबल खेलाडीले समेत शुभकामना प्रदान गरेका थिए ।

eeeea72d-.jpeg

प्रतियोगिताको पुरुष तर्फको फुटबल प्रतियोगिताको पुरस्कार राशी पहिलो हुनेले १५ हजार डलर पाउनेछन भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ६ हजार डलर हात पार्नेछन ।

यस्तै भेट्रान तर्फको विजेताले ८ हजार डलर, उपविजेताले ५ हजार र तेस्रो हुनेले पच्चिस सय डलर पाउनेछन । महिला तर्फको उपाधि उचाल्नेले आठ हजार डलर, उपविजेताले पाँच हजार र तेस्रो हुनेले पच्चिस सय डलर पाउनेछन ।

भलिबलमा पुरुष तर्फको विजेताले १० हजार डलर, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार डलर पाउनेछन । महिला तर्फको च्याम्पियन हुनेले सात हजार डलर, उपविजेताले चार हजार र तेस्रो हुनेले दुई हजार डलर पाउनेछन ।

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०२:२२:१३ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend