Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

एशियाडको उदघाटनमा प्रधानमन्त्री प्रचण्ड सहभागि हुने

एशियाडको उदघाटनमा प्रधानमन्त्री प्रचण्ड सहभागि हुने

नेप्लिज डायस्पोरा

५, आश्विन २०८०
images
एशियाडको उदघाटनमा प्रधानमन्त्री प्रचण्ड सहभागि हुने

एसियाली खेलकुद चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ पुगेका छन् ।

उदघाटन समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति चीन पुग्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री दाहाल हङकङ हुँदै चीन पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको स्वागतका लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरु शुक्रबार हाङचौ पुगेका छन् । प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।

उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ । 

एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।

सिरियाका राष्ट्रपति बसर अल असद बिहीबार नै हाङचौ आइपुगिसकेका छन् । सिरियाका राष्ट्रपतिलाई लिन चीनले एअर चाइनाको विशेष विमान पठाएको थियो ।

बसर सिरियाबाट साउदी अरेबिया, ओमान, पाकिस्तानको आकाश हुँदै चीनको पश्चिम क्षेत्रबाट चीन प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सिरियाका उच्च अधिकारीले दुई दशकपछि पहिलो पटक चीनको भ्रमण गरेका हुन् ।

महोत्सवमा कम्बोडियाका नरेश नरोदम सिहामनीलाई निमन्त्रणा गरिएको छ । त्यस्तै, पूर्वी टिमोरका प्रधानमन्त्री स्या नाना तया, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सू र मलेसियाका माथिल्लो सदनका सभामुख अब्दूल सहभागी हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

एसियाली खेलकुद महोत्सव उदघाटन समारोहपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचौमा विशिष्ट पाहुनाहरुसँग भेट गर्ने कार्यक्रम तय भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राष्ट्रपति सीसँग भेट गर्ने तालिका छ ।

राष्ट्रपति सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा भेटवार्ता गर्नेछन् ।

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १५:५५:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend