Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल क्रिकेट संघ निर्वाचन चन्द र पारसको टिम बलियो

नेपाल क्रिकेट संघ निर्वाचन चन्द र पारसको टिम बलियो

नेप्लिज डायस्पोरा

६, आश्विन २०८०
images
नेपाल क्रिकेट संघ निर्वाचन चन्द र पारसको टिम बलियो

नेपाल क्रिकेट संघ क्यानको चार बर्षको नयाँ कार्यकालका लागि आज निर्वाचन हुँदैछ । जसमा पूर्व कप्तान पारस खड्का सचिव पदमा आफ्नो उम्मेदवारी दिनेछन ।

चतुरबहादुर चन्द क्यानको अध्यक्ष भएको चार बर्षे कार्यकाल सकिँनै लाग्दा नयाँ कार्यसमितीका लागि क्यानको निर्वाचन हुन लागेको हो । जसमा यो पटक पनि अध्यक्षमा चतुरबहादुर चन्द नै उठ्ने घोषणा गरिसकेका छन । उनको प्रतिपक्षीका रुपमा बर्दिया क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारी उठ्ने संभावना छ ।

यस्तै पारसविरुद्ध क्यानका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल उठ्ने बताइएको छ । नेपाली टी २० पछि मल्लले कार्यवाहक सचिवको पदबाट राजिनामा दिएका थिए । चन्द र खड्का एक प्यानल भएर निर्वाचनमा लड्ने घोषणा यसअघि नै भइसकेको छ । जसका कारण यो टिम बलियो देखिएको छ । यसैमा यसअघि चन्दविरुद्ध अध्यक्षमा लड्ने भनेर आन्तरीक तयारी गरेका कोषाध्यक्ष रोशनकुमार सिंह पछि हटेर फेरी चन्दको प्यानलमा उपाध्यक्षमा उठ्ने तयारीमा छन । तर यसमा उनी खुसी छैनन् । यदि उनले उपाध्यक्ष पदमा उठ्न नमानेमा फेरी पनि कोषाध्यक्षमा राख्ने तयारी भइरहेको छ ।

अरु सदस्यहरुका लागि भने स्पष्ट रुपमा को लड्ने भन्ने सार्वजनिक गरिएको छैन । क्यानको चुनावमा जिल्ला, प्रदेश, केन्द्रिय कार्यसमिती, प्रशिक्षक संघ र स्कोर संघ गरेर कुल ८६ मत छ । तर साधारण सभाको पहिलो दिन झापा जिल्लाबाट दुई प्रतिनिधी आएपछि सो जिल्लाको मताधिकार बदर गरिएको छ । अब चुनावमा ८४ वटा मत हुनेछन । यस्तोमा चन्दको टिम बलियो देखिएको छ ।

मधेश प्रदेशमा ढुक्क नभएपनि अरु प्रदेशका प्रतिनिधीले भोट दिनेमा चन्द ढुक्क देखिएका छन । यस्तैमा सर्वसम्मतको प्रयासपनि भइरहेको छ । तर त्यसका लागि चन्द समुह केहि लचिलो हुनुपर्ने देखिएको छ । त्यसका लागि केहि सदस्यहरुलाई मिलाएर कार्यसमितीमा अटाउनुपर्ने देखिएको छ । यस्तै नयाँ कार्यकालमा बरिष्ठ उपाध्यक्ष र सहसचिव पदपनि थपिने भएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०६:३२:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend