रसियाले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै अमेरिकासँगको तिक्तता निकै बढिरहेको छ । जसको पछिल्लो उदाहरण न्यूयोर्कमा भएको यूएनको महासभा हो । यसमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले बहिस्कार गर्नुले अमेरिका र रसियाबिच शितयुद्ध जस्तै भइरहेको देखिएको छ ।
यस्तैमा रसियाका विदेशमन्त्री सेर्गे लाभरोभले अमेरिकाले युद्ध नै खोजेको भन्ने अभिब्यक्ति दिएका छन । जसका कारण यो कुराले यतिबेला ठूलो चर्चा भइरहेको छ ।
एक अन्र्तवार्तामा लाभरोभले अमेरिका रसियाविरुद्ध सोझै युद्धमा लागिरहेको बताएका छन । यतिमात्र होइन, अमेरिकासँगै बेलायत र अरु केहि देशपनि रसियाविरुद्ध युद्ध खोजिरहेको बताए ।
उनीहरुले युक्रेनलाई जुन तरिकाले सहयोग गरिरहेका छन, त्यसले रसियासँग वार गर्न खोजेको भन्दै ठूलो आरोप लगाएका छन । अमेरिका बेलायतले युक्रेनलाई हतियार उपलब्ध गराएको भन्दै यो मस्कोविरुद्ध वार गर्न खोजेको बताए ।
यसका साथै उनले यूएनले पनि आफ्नो प्रतिबद्धतालाई पुरा नगरेको आरोप लगाए । उनले ब्ल्याक सी डिल भंग गर्नुमा यूएनले केहि भूमिका नखेलेको बताए ।